बाटोमा हिँड्दा ठोक्किएको निहुँमा धिमालको हत्या
काठमाडाैं | बैशाख ३०, २०८१
सांकेतिक तस्वीर
काठमाडौं: काठमाडौंको बत्तीसपुतलीमा सामान्य विवादबीच मोरङका २४ वर्षीय शम्भु धिमालको हत्या गरिएको खुलेको छ । शनिबार राति बत्तीसपुतलीको मुख्य सडकमा उनीमाथि अन्धाधुन्ध चक्कु प्रहार गरिएको थियो ।
हत्यामा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका चारजना नै १७ वर्षमुनिका किशोर छन् । घटना हुँदा शम्भुसँगै उनका एक साथी समेत रहेका प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ ।
यो पनि पढ्नुहोस
विपरीत दिशाबाट आउँदै गरेका चारमध्ये एक किशोरसँग शम्भुको कुम ठोक्किएको थियो । सोही विषयमा विवाद हुँदा अर्का एक किशोरले आफ्नो साथमा बोकेको चक्कुले अन्धाधुन्ध प्रहार गरेर हत्या गरेको खुलेको घटना अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको भनाइ छ ।
चार किशोरमध्ये तीनजनाले मदिरा सेवन गरेको समेत खुलेको छ । उनीहरू बत्तीसपुतलीकै स्थानीय हुन् । उनीहरू कक्षा–९ र १० मा अध्ययनरत विद्यार्थी रहेको खुलेको प्रहरीले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...


